Below Menu
Below Menu

प्राइम कमर्सियल बैंकको साढे १२ लाख कित्ता शेयर बिक्रीमा

प्राइम कमर्सियल बैंकको साढे १२ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं : प्राइम कमर्सियल बैंक लिमिटेडले साढे १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी १२ लाख ४१ हजार ११ शेयर बिक्रीमा ल्याएको हो । 

उक्त शेयरको मूल्य प्रतिकित्ता ११५ रूपैयाँ तोकिएको छ । शेयर खरिद गर्न इच्छुक शेयरधनीले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी जेठ ३१ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ ।

बैंकको शेयर खरिदका लागि न्युनमत २ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बैंकको शेयर बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । 

Advertisment

थप समाचार