प्रि ओपन सेसनमा १५.९२ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा १५.९२ अंकले बढ्यो नेप्से

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १६ अंक बढेको छ।

Sponsored Advertisement

गत साताको बिहीबार १.९३ अंक घटेर २०७९.७८ विन्दुमा बन्द भएको नेप्से, आज  प्रि ओपन सेसनमा १५.९२ अंक बढेर २०९३.७१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.०५ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ७२ स्टकको ११९ पटकको कारोबारमा ३० लाख ७३ हजार ८१९ रुपैयाँ ६० पैसाबराबरको ४ हजार ५६८ कित्ता शेयर कारोबार भएको छ । ४६ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य सो सेसनमा स्थिर छ।

थप समाचार