Below Menu
Below Menu

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव 

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि सुझाव मागेको छ । मौद्रिक नीतिको तयारी गरिरहेको राष्ट्र बैंकले सर्वसाधारण तथा सरोकारवालाबाट सुझाव मागेको हो ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना जारी गर्दै असार १६ गतेभित्र मौद्रिक नीतिका लागि सुझाव पठाउन भनेको हो ।

सुझावहरु राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ‘मनिटरी पोलिसी एट एनआरबी डट ओआरजी डट एनपी’मा पठाउन सकिने भएको छ । ०१–४४१७४९७ मा फोन गरेर वा ०१–४४३३३६५ मा फ्याक्स गरेर समेत मौद्रिक नीतिका लागि सुझाव टिपाउन सकिने भएको छ ।

राष्ट्र बैंकले नेपाल सरकारले ल्याएको बजेटका लक्ष्यहरु कायम गर्ने गरी हरेक वर्ष मौद्रिक नीति ल्याउने गर्छ ।


 

Advertisment

थप समाचार