Below Menu
Below Menu

साढे २१ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

साढे २१ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत साढे २१ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २१ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।

कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने, आठ अर्ब ५० करोड रुपैयाँ बराबरको ९१ दिने र आठ अर्ब रुपैयाँ बराबरको १८२ दिन अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।  

कार्यालयका अनुसार २८ दिन अवधिको ट्रेजरी असार २५ गते ९१ दिन अवधिको ट्रेजरी भदौ २५ गते र १८२ दिन अवधिको ट्रेजरी मंसिर २५ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि गत जेठ २० गते कार्यालयले ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।

Advertisment

थप समाचार