Below Menu
Below Menu

कुमारी बैंकको ४५ लाख बढि कित्ता सेयर लिलामीमा

कुमारी बैंकको ४५ लाख बढि कित्ता सेयर लिलामीमा

काठमाडौं : कुमारी बैंक लिमिटेडका बिद्यमान संस्थापक सेयरधनीले ४५ लाख बढि कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्रि गर्ने भएका छन् । आज मंगलबार एक सूचना जारी गर्दै आवेदन दिन आग्रह गरिएको छ।

संस्थाका विभिन्न सेयरधनीहरुले स्वामित्वमा रहेको ४५ लाख ५७ हजार ९१२ कित्ता सेयर बिक्रिका लागि संस्थामा निवेदन दिएका थिए । यसअघि नै संस्थापक सेयरधनीहरुका लागी ३५ दिनको सूचना प्रकाशित गरिसकेकाले अब संस्थापक शेयर खरिद गर्न इच्छुक जो कोहि योग्य आवेदकहरुले असार ३ गते भित्र कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आईपुग्ने गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ ।

बैंकको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ त्यसैले इच्छुक आवदेकले न्यूनतम १०० रुपैयाँ सो भन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १ लाख कित्ता देखि अधिकतम सबै सेयरका लागि आवेदन दिन सनेछन् ।

Advertisment

थप समाचार