काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संचालक समितिको बैठक भत्ता र दैनिक भत्ता बढाउने भएको छ ।
कम्पनीले बैठक भत्ता र दैनिक भत्ता बढाउने प्रस्ताव वार्षिक साधारण सभामा लैजादै छ । कम्पनीको सातौं वार्षिक साधारण सभा आज बस्दैछ ।
कम्पनीको बार्षिक प्रतिवेदन अनुसार संचालक समितिको अध्यक्षको बैठक भत्ता ६६.६६ प्रतिशत र संचालक समितिका सदस्यहरुको बैठक भत्ता ६० प्रतिशतले बढाउने प्रस्ताव अघि सारेको छ ।
अहिले संचालक समितिको अध्यक्षले प्रति बैठक भत्ता १२ हजारबाट २० हजार र अहिले संचालक समितिहरुको प्रति बैठक भत्ता १० हजारबाट १६ हजार पुर्याउने प्रस्ताव गरिएको छ ।
त्यसैगरी कम्पनीका अध्यक्ष कामको सिलसिलामा नेपाल भ्रमण गर्दा हाल दैनिक भत्ता ४ हजारबाट ५ हजार रुपैयाँ र सञ्चाल समितिका सदस्यले हाल ३ हजार ३ सयबाट ४ हजार रुपैयाँ पुर्याउने प्रस्ताव अघि सारेको छ।
Advertisment