Below Menu
Below Menu

यस्तो छ कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था

३४ अर्ब बढी रुपैयाँ सहुलियपूर्ण कर्जा 

यस्तो छ कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था

काठमाडौं : नेपाल राष्ट्र बैंकले कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांक प्रकाशित गरेको छ । उक्त तथ्यांक अनुसार प्रदेशमा तोकिएको क्षेत्रमध्ये कृषि क्षेत्रमा सबैभन्दा बढी कर्जा प्रवाह भएको पाइएको छ । 

राष्ट्र बैंकका अनुसार कृषि क्षेत्रमा बैक तथा वित्तीय संस्थाहरुले ८८ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । त्यस्तै उर्जामा सबैभन्दा कम ५ करोड २४ लाख, पर्यटनमा ७ अर्ब ८० करोड ४३ लाख र साना तथा मझौता उद्योगमा ६० अर्ब ८६ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी भएको पाइएको हो । 

राष्ट्र बैंकका अनुसार कोशी प्रदेशमा ३४ अर्ब २ करोड ५२ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । जसमा व्यवसायिक कषि तथा पशुपन्छी कर्जाका लागि २० अर्ब ११ करोड ५८ लाख, शिक्षित युवा तथा स्वरोजार कर्जा ६० करोड, विदेशबाट फर्केमा पुवा परियोजनामा १४ करोड ४४ लाख रुपैयाँ रहेको छ । 

त्यस्तै महिला उद्यमशिल कर्जामा १३ अर्ब ६७ करोड ३२ लाख, दलित सामुदायिक व्यवसाय विकास कर्जामा ७ करोड ९ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ८६ लाख, भुकम्प पीडितहरुको निजी आवास निर्माणमा छ६ लाख र युवा वर्ग स्वरोजगार कर्जा ५ लाख रुपैयाँ रहेको छ ।
 

Advertisment

थप समाचार