Below Menu
Below Menu

३० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न आइसिएफसि फाइनान्सलाई राष्ट्र बैंकको स्वीकृति 

३० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न आइसिएफसि फाइनान्सलाई राष्ट्र बैंकको स्वीकृति 

काठमाडौं : नेपाल राष्ट्र बैंकले ३० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न आइसिएफसि फाइनान्सलाई स्वीकृति दिएको छ । फाइनान्सले १ हजार रुपैयाँ अंकित दरका ३ लाख कित्ता ‘आइसिएफसि फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ बिक्री गर्न अनुमति पाएका हो।

गत चैत १९ गतेको बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ऋणपत्र जारी गर्न राष्ट्र बैंकसँग स्वीकृति माग्ने निर्णय गरेको थियो। राष्ट्र बैंकले ऋणपत्र जारी गर्न जेठ २८ गते स्वीकृति दिएसँगै फाइनान्सले ९ प्रतिशत ब्याजदरमा ऋणपत्र बिक्रीमा ल्याउने जनाएको छ।

Advertisment

थप समाचार