Below Menu
Below Menu

वाणिज्य बैंकहरुको नाफा २० प्रतिशतले बढ्यो, दश महिनामा कमाए आधा खर्ब 

वाणिज्य बैंकहरुको नाफा २० प्रतिशतले बढ्यो, दश महिनामा कमाए आधा खर्ब 

काठमाडौं : चालु आर्थिक वर्षको दश महिनामा वाणिज्य बैंकहरुले ४८ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार गत साउनदेखि बैशाखसम्म बैंकहरुले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

उक्त नाफा गत चैत मसान्तको तुलनामा आठ अर्ब ९२ करोड रुपैयाँले बढी हो ।  गत चैतसम्म बैंकले ४० अर्ब ६८ करोड ३ लाख रुपैयाँ नाफा कमाएका थिए । एक महिनामा बैंकहरुको नाफा १९.३८ प्रतिशत अर्थात सात अर्ब ९२ करोड ६४ लाख रुपैयाँले बढेको हो ।  

राष्ट्र बैंकका अनुसार यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले यस अवधिमा साढे ५ अर्ब नाफा कमाएको हो । बैशाख मसान्तसम्म बैंकको नाफा ५ अर्ब ४६ करोड २५ लाख रुपैयाँ रहेको छ । 

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी ग्लोबल आइएमई बैंकले चार अर्ब १२ करोड २९ लाख, प्राइम बैंकले ३ अर्ब २२ करोड ५७ लाख र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक तीन अर्ब ७७ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

राष्ट्र बैंकमा अनुसार बैशाख मसान्तसम्म एनआईसी एसिया बैंकले दुई अर्ब १६ करोड ३२ लाख, एभरेस्ट बैंकले दुई अर्ब ९८ करोड ३ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ६६ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा एनएमबि बैंकले दुई अर्ब ४८ करोड ७३ लाख रुपैयाँ, कृषि विकास बैंकले दुई अर्ब ६९ करोड ७८ लाख रुपैयाँ, हिमालयन बैंकले २ अर्ब २२ करोड ८९ लाख रुपैयाँ र सिद्धार्थ बैंकले १ अर्ब ९७ करोड ७७ लाख रुपैयाँ नाफा कमाएका छन् ।

राष्ट्र बैंकका अनुसार बैशाख मसान्तसम्म लक्ष्मी सनराइज बैंकले १ अर्ब ९५ करोड ६९ लाख, सानिमा बैंकले १ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ र कुमारी बैंकले एक अर्ब ४२ करोड ९२ लाख नाफा कमाएका छन् ।

यस अवधिमा सिटिजन्स बैंकले एक अर्ब ५० करोड ३२ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले एक अर्ब १० करोड ६२ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी यस अवधिमा सरकारी बैंक नेपाल बैंकले ५९ करोड तीन लाख रुपैयाँ, प्रभु बैंकले दुई अर्ब ५० करोड ४६ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले एक अर्ब ४२ करोड २९ लाख रुपैयाँ नाफा कमाएका छन् ।

Advertisment

थप समाचार