काठमाडौं : चालु आर्थिक वर्षको दश महिनामा फाइनान्स कम्पनीहरुको खुद घाटा ७० करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैशाख मसान्तसम्मको तथ्यांक अनुसार फाइनान्स कम्पनीको खुद घाटा ६९ करोड २६ लाख रुपैयाँ रहेको छ ।
सञ्चालनमा रहेका १७ फाइनान्स कम्पनीमध्ये नौं वटाले भने नाफा आर्जन गरेका छन् । जसमा सर्वाधकि नाफा कमाउनेमा मन्जुश्री फाइनान्स रहेको छ । मन्जुश्रीले २० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
त्यस्तै यस अवधमिा गोर्खाज फाइनान्सले ६ करोड ५३ लाख, आइसीएफसी फाइनान्सले ४ करोड ८९ लाख, श्री इन्भेष्टमेन्ट फाइनान्सले, एनएसएमले २ करोड ८ लाख र मल्टीप्रपोपले एक करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
त्यस्तै यस अवधिमा सी मर्चेन्टले एक करोड ५३ लाख, वेष्ट फाइनान्सले ३९ लाख रुपैयाँ नाफा कमाएको छ भने नेपाल फाइनान्सले १२ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै सबैभन्दा धेरै घाटा व्योहोर्ने कम्पनीमा पोखरा फाइनान्स रहेको छ । पोखराले यो अवधिमा १७ करोड ३३ लाख रुपैयाँ घाटा व्योहोरेको छ । त्यसैगरी, समृद्धि फाइनान्सले १३ करोड ३६ लाख र जानकी फाइनान्सले ९ करोड ६९ लाख रुपैयाँ खुद घाटा व्योहोरेको छ ।
बैशाख मसान्तसम्म आइपुग्दा गुडविलले ७ करोड ४८ लाख रुपैयाँ, प्रोग्रेसिभले ६ करोड १४ लाख रुपैयाँ, सेन्ट्रलले ५ करोड २३ लाख रुपैयाँ, रिलायन्सले ५ करोड २ लाख रुपैयाँ र गुहेश्वरी मर्चेन्टले ४ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोरेका छन् ।
Advertisment