काठमाडौं : हिमालयन बैंक लिमिटेड करिब ५१ लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ५० लाख ९१ हजार ८१८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
बैंकको शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरिद माग नभएमा प्रचलित कानुन बमोजि अन्य व्यक्ति तथा संस्थाहरूमा शेयर बिक्री प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।
Advertisment