Below Menu
Below Menu

डिजिटल भुक्तानी मार्फत एक महिनामै ५४ खर्ब बढीको कारोबार

डिजिटल भुक्तानी मार्फत एक महिनामै ५४ खर्ब बढीको कारोबार

काठमाडौं : डिजिटल भुक्तानी मार्फत एक महिनामै ५४ खर्ब बढीको खर्बको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको बैशाख महिनामा डिजिटल कारोबार र भुक्तानीमा उल्लेख्य वृद्धि भएको देखिएको हो ।

यस अवधिमा ५४ खर्ब ३८ अर्ब ८९ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त कारोबार कनेट आइपिएस, इ– कर्मश, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, क्यूआर पेमेन्ट, पोन्ट अफ सेल्स (पिएसओ) का लगायतका प्रयोगकर्ताबाट भएको हो ।

उक्त रकम गत आवको सोही अवधिको तुलनामा ४०.०९ प्रतिशत अर्थात १५ खर्ब ५६ अर्ब ३८ करोड रुपैयाँले बढी हो । गत आवको फागुन बैशाख मसान्तसम्म ३८ खर्ब ८२ अर्ब ३१ करोड लाख रुपैयाँ बराबरको डिजिटल कारोबार भएको थियो ।
कुनबाट कति कारोबार ?

राष्ट्र बैंकका अनुसार चालु आवको बैशाख महिनामा कनेक्टट आईपीएस मार्फत ५ खर्ब २२ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जबकी गत आवको सोही अवधिमा तीन खर्ब ५९ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै, डेबिट कार्डमार्फत बैशाखमा ९७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने क्रेडिट कार्डमार्फत एक अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । इन्टरनेट बैंकिङ मार्फत १२ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी, गत आवको बैशाखमा मोबाइल बैंकिङ मार्फत दुई खर्ब १० अर्ब एब करोड रुपैयाँ बराबरको कारोबार भएकोमा चालु आवको सोही अवधिमा तीन खर्ब २० अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

राष्ट्र बैंकका अनुसार बैशाखमा क्यु्आर मार्फत ५२ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जबकी गत आवको सोही अवधिमा क्युआर मार्फत २६ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै यस अवधिमा वाटेट मार्फत २८ अर्ब ४३ करोड, पोइन्ट अफ सेल्स पीओएस मार्फत पाँच अर्ब ५२ करोड र इ–कमर्सबाट ७५ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

अन्य कारोबार

यस बाहेक आरटीजीएसबाट ३५ खर्ब ७९ अर्ब ७८ करोड, एटीएम– क्यास वीथ ड्र– ९३ अर्ब ४० करोड रुपैयाँ, इलेक्ट्रोनिक चेक क्लियरिङ्ग (ईसीसी) ४ खर्ब ९२ अर्ब ५१ करोड रुपैयाँ, प्रिपेड कार्ड– ६५ करोड र ब्रान्चलेस बैंकिङ– १ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

साढे १४.६१ प्रतिशतले बढे मोबाइल बैंकिङ प्रयोगकर्ता

राष्ट्र बैंकका अनुसार यस अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता १४.६१ प्रतिशत बढीले बढेका छन् । चालु आवको बैशाखसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ३७ लाख ९७ हजार ६८० पुगेको छ । गत आवको सोही अवधिमा यो संख्या २ करोड ७ लाख ६३ हजार ३४६ थियो ।

यसैगरी बैशाखमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या भने ७.५३ प्रतिशतले बढेको छ । गत आवको बैशाखमा १८ लाख ३ हजार ६५ रहेको यो संख्या बढेर १९ लाख ३८ हजार ८८८ मा पुगेको छ ।

एक वर्षमै मोबाइल वाटेट प्रयोगकर्ताहरुको संख्या ४३ लाख ८५ हजार ९९७ अर्थात २४.०६ प्रतिशतले बढेर दुई करोड २६ लाख १५ हजार १२२ पुगेको छ । जबकी गत आवको सोही अवधिमा वालेट प्रयोगकर्ताहरु एक करोड ८२ लाख २९ हजार १२५ रहेका थिए ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा डेबिट कार्ड प्रयोगकर्ता एक करोड २७ लाख ८९ हजार ६५६, क्रेडिट कार्ड प्रयोगकर्ता दुई लाख ८६ हजार २५३ कनेट आईपिएस प्रयोगकर्ता १२ लाख ५१ हजार ४४० पुगेका छन् ।
 

Advertisment

थप समाचार