काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन १६ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत सोमबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप घटेको हो ।
गत सोमबार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १६ अर्बले बढेर ६२ खर्ब ३१ अर्ब रुपैयाँमा झरेको छ । अघिल्लो दिन अर्थात् जेठ २७ २८ गते आइतबारसम्म बैंक तथा वित्तीय संस्थामा ६२ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।
बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा मात्रै एकै दिन १५ अर्ब रुपैयाँ निक्षेप घटेको छ भने अन्य वित्तीय क्षेत्रमा एक अर्ब रुपैयाँ निक्षेप घटेको छ । अघिल्लो दिनसम्म ५५ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा सो दिन घटेर ५५ खर्ब १५ अर्ब रुपैयाँमा झरेको छ ।
बैंक तथा वित्तीय संस्थाका निक्षेप घट्दै गएपनि कर्जा लगानी भने स्थिर देखिएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ५१ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ४५ खर्ब ४२ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ५ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप घटेसँगै अन्तर बैंक कारोबारको ब्याजदर बढेको छ भने सिडि रेसियो पनि राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर २.९५ प्रतिशत रहेको छ भने सिडि रेसियो ८०.२० बिन्दुमा रहेको छ ।
Advertisment