Below Menu
Below Menu

कुमारी बैंकको डेढ लाख कित्ता शेयर बिक्रीमा 

कुमारी बैंकको डेढ लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : कुमारी बैंक लिमिटेडले साढे एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको एक लाख ६२ हजार ९६७ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । 

बैंकको शेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालस्थित बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्ने छ। शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।

साथै, तोकिएको समयभित्र शेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ।

Advertisment

थप समाचार