काठमाडौं : कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले असार १९ गते, बुधबार सोह्रौँ वार्षिक साधारण साधारण बोलाएको छ । बैंकले मर्जर प्रस्तावसहित साधारणसभा सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्तावहरु पारित गर्नेछ ।
यकसा साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जर तथा एक्विजिशन सम्बन्धि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारि दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले असार १ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार जेठ ३२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।
Advertisment