काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार जेठ महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ ।
बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार गत जेठ महिनाको तुलनामा ११ बैंकहरुले असार महिनाका लागि ब्याजदर घटाएका छन् । त्यस्तै ६ बैंकले बैशाख महिना कै ब्याजदरलाई कायम गरेका छन् भने तीन बैंकहरुले ब्याजदर बढाएका छन् ।
असार महिनाका लागि बैंकहरुको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ६.८७ प्रतिशत रहेको छ । जेठमा यस्तो ब्याजदर ६.९९ प्रतिशत रहेको थियो । औषतमा बैंकहरुको ब्याजदर ०.१२ बिन्दुले घटेको छ ।
त्यस्तै संस्थागतर्फ असार लागि बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ५.६७ प्रतिशत विन्दुमा झरेको छ । जेठमा यस्तो ब्याजदर ५.८० प्रतिशत रहेको थियो । यस अवधिमा बैंकहरुको अधिकतम औषत ब्याजदर ०.१२९ प्रतिशत विन्दुले घटेको हो ।
असार महिनाका लागि नबिल, माछापुच्छ्रे र हिमालयन बैंकले ब्याजदर बढाएका छन् । नबिल बैंकले मुद्दती निक्षेपमा ७ प्रतिशत, माछापुच्छ्रेले ७.५ प्रतिशत र हिमालयन बैंकले ८.२५ प्रतिशत ब्याज दिने भएको छ ।
असारका लागि नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले निक्षेपको ब्याजदर यथावत राख्ने भएका छन् ।
कृषि विकास बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याज दिने भएको छ । सो बैंकले अधिकतममा ५.६६ प्रतिशतका दरले ब्याज दिने भएको हो ।
यसका साथै ब्याजदर घटाएका अन्य बैंकहरुले असारका लागि एभरेष्ट बैंकले व्यक्तिगत तर्फ ५.७५ प्रतिशत र संस्थागत तर्फ ४.७५ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै सिटिजन बैंक इन्टरनेशनलले व्यक्तिगत मुद्दती निक्षेपमा ६.९ प्रतिशत र संस्थागत तर्फ ५.९ प्रतिशत ब्याज दिने भएको छ ।
त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत तर्फ मुद्दती निक्षेपमा ६.२२ प्रतिशत र संस्थागत तर्फ ५.२ प्रतिशत, नेपाल एसबीआईले व्यक्तिगत तर्फ ६.३ प्रतिशत र संस्थागतमा ५.३ प्रतिशत ब्याज दिने भएको छ ।
असार महिनाका लागि ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी १ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । ग्लोबल आईएमई र लक्ष्मी सनराइज बैंकले व्यक्तिगत तर्फ ६.५ प्रतिशत र संस्थागत तर्फ ५.५ प्रतिशत ब्याज दिने भएका छन् ।
त्यसैगरी प्राइम कमर्सियलले व्यक्तिगत तर्फ ६.७५ प्रतिशत र संस्थागत तर्फ ५.७५ प्रतिशत, कुमारी बैंकले व्यक्तिगत तर्फ ६.७५ प्रतिशत र संस्थागत तर्फ ४.७५ प्रतिशत र सानिमा बैंकले व्यक्तिगत तर्फ ६.८ प्रतिशत र संस्थागत तर्फ ५.८ प्रतिशत ब्याज दिने भएको छ ।
नयाँ ब्याजदर अनुसार असारका लागि एनएमबी बैंकले व्यक्तिगत तर्फ ७.६९ प्रतिशत र संस्थागत तर्फ ६.६६ प्रतिशत र एनआईसी एशिया बैंकले व्यक्तिगत तर्फ ७.६९ प्रतिशत र संस्थागत तर्फ ६.६९ प्रतिशत ब्याज दिने भएका छन्
Advertisment