पुँजी बजारलाई ‘जुवाघर’ बनाउन सन्तोषलाई अध्यक्ष बनाउँदै केपी र भट्ट, अर्बौंको डिल मिलेपछि प्रचण्ड र पुन सहमत

पुँजी बजारलाई ‘जुवाघर’ बनाउन सन्तोषलाई अध्यक्ष बनाउँदै केपी र भट्ट, अर्बौंको डिल मिलेपछि प्रचण्ड र पुन सहमत

काठमाडौं : सिमित व्यक्तिको स्वार्थका कारण ‘जुवाघर’ बन्दै गएको नेपाली पुँजी बजारलाई थप धराशायी बनाउन सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र विचौलिया दीपक भट्ट पुनः सफल हुने भएका छन् ।

Sponsored Advertisement

आफ्नो स्वार्थ अनुकुल काम गराउन दीपक भट्टले आफ्ना कर्मचारी सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष बनाउन ओलीमार्फत प्रधानमन्त्री पुष्प कमल दाहाल र अर्थमन्त्री वर्षमान पुनलाई दबाब दिँदै आएका थिए ।  भट्टका कर्मचारी सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष बनाउँदा बोर्डबाट हुने अर्बौंको कमाईमा विचौलिया दीपक भट्ट र एमाले अध्यक्ष ओलीले मात्रै चाख मार्ने भएपछि प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री पुनले श्रेष्ठलाई नियुक्ति नगर्ने भन्दै अडान लिँदै आएका थिए ।

तर, भट्टले सन्तोष नारायण श्रेष्ठलाई नियुक्ति गर्नका लागि प्रचण्डका छोरी ज्वाई जीवन आचार्य र छोरी गंगा दाहालमार्फत प्रधानमन्त्रीदेखि अर्थमन्त्री वर्षमान पुनसम्मलाई अहिले नै अर्बौं रकम बुझाएको र आगामी दिनमा हुने नयाँ स्टक लाईसेन्सदेखि आईपीओ जारी गर्दा आउने घुस रकमलाई समेत भाग लगाउने सहमति गरेपछि अहिले प्रधानमन्त्री दाहालदेखि अर्थमन्त्री पुन समेत उनै श्रेष्ठलाई अध्यक्ष बनाउन सहमत भएका हुन्।

केही समय अघिसम्म अर्थमन्त्री पुनले भट्ट र ओलीले अघि सारेका व्यक्तिलाई कुनै हालतमा अध्यक्ष बनाउने भन्दै बसेका थिए । सोही अनुरुप उनले असार ७ गते बजेट पास गरेर मात्रै आफ्नो स्वार्थ अनुकुलका व्यक्तिलाई बोर्ड अध्यक्ष नबनाउने तयारी गरेका थिए ।

तर, मंगलबार भएको गोप्य वार्तामा नयाँ स्टकको लाईसेन्स लिने प्रतिवद्धतासहित सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष नियुक्त गर्दा विचौलिया भट्टले अहिले नै ५ अर्ब रुपैयाँ प्रधानमन्त्रीदेखि अर्थमन्त्री पुनलाई समेत बुझाउने प्रतिवद्धा गरेपछि अर्थमन्त्री पुनले नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

‘विचौलिया भट्ट, एमाले अध्यक्ष ओली, प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री पुनबीच अहिलेको लेनदेनदेखि आगामी दिनमा हुने आम्दानीमा समेत सहमति भएपछि तत्कालै अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको छ’, स्रोतले भन्यो, ‘सोही अनुरुप यसअघि अन्तिम ५ जनामा छनौट भएका उम्मेदवारलाई आगामी आईतबार र सोमबारलाई लागि अन्तरवार्तामा बोलाईएको छ । सम्बभत सोमबार बस्ने मन्त्रिपरिषदबाटै श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्नेछन् ।’

नयाँ स्टक लाईसेन्स लिनका लागि यसअघि विचौलिया भट्टले रमेश हमाललाई बाहिरबाट ल्याएर नियुक्त गरेका थिए । तर, हमालले विवादका कारण आफ्नो कार्यकालमा भट्ट समर्थित ग्ररुपलाई स्टक लाईसेन्स दिन सकेनन् भने अन्नत: सेयर बजरलाई जुवाघरमा परिणत गरिदिए ।

हमाललाई नियुक्त गरेर भट्टले सेबोटबाट आफ्ना स्वार्थ अनुरुपमा धेरै कामहरु गराउन सफल भए भने नियमनै परिमार्जन गरी नागरिक मिडियाको आईपीओदेखि हिमालयन रिको प्रिमियम मूल्यमा आईपीओ अल्याउन सफल भए । सोही अनुरुप अहिले पनि भट्टले आफ्ना कर्मचारी श्रेष्ठलाई नियुक्त गरेर सेबोनलाई आफ्नो कब्जामा राख्नका लागि अहिले नै अर्बौं रुपैयाँ खर्च गरेर प्रधानमन्त्रीदेखि अर्थमन्त्री पुनलाई समेत मिलाएका छन् ।

थप समाचार