Below Menu

महानगरको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनूः मेयर बालेन  

महानगरको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनूः मेयर बालेन  

काठमाडौं : काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने अभिव्यक्ति दिएका छन् । 

Sponsored Advertisement

सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर बालेनले तीन नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएके समेत बताएका छन् । 

‘काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ’, उनले लेखेका छन् ।

नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा नरहने उनको भनाई छ । उनले भनेका छन्, ‘१६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाडाैँ महानगर पालिकाले गर्दैन ।’

यसका साथै उनले काठमार्डाै महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउ समेत जनप्रतिनीधिहरुलाई व्यंङग्य गरेका छन् । 
 

थप समाचार