Below Menu
Below Menu

राष्ट्र बैंकले अब सरकारी ऋणपत्र निष्कासन नगर्ने 

राष्ट्र बैंकले अब सरकारी ऋणपत्र निष्कासन नगर्ने 

काठमाडौं : सरकारी ऋणपत्र निष्कासन लगायतका सम्पूर्ण काम अब सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै सो जानकारी दिएको हो । 

जारी सूचनामा भनिएको छ, ‘असार १ देखि सरकारी ऋणपत्रको निष्काशन, नामसारी, भुक्तानी र शोधभर्ना लगायतको सम्पूर्ण कार्य नेपाल सरकार, अर्थ मन्त्रालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयय मार्फत् हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’

साथै, जेठ मसान्तसम्म परिपक्व भएका विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको साँवा र सो मितिसम्म आर्जित ब्याजको सोधभर्ना मात्र विभागले उपलब्ध गराउने समेत जानकारी दिएको छ । 
 

Advertisment

थप समाचार