Below Menu
Below Menu

प्राधिकरणद्वारा सात वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

प्राधिकरणद्वारा सात वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स)  रद्द गरेको छ । तोकिएको समयभित्र लाइसेन्स नवीकरण नगरेपछि ७ वटा सेवा प्रदायकको लाइसेन्स स्वतः रद्द भएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणबाट (इ–मेलसहितको) सेवा सञ्चालन गर्न लाइसेन्स लिएका सात सेवा प्रदायकले ‘दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम तोकिएको समयावधिभित्र अनुमतिपत्र नवीकरणवापतको दस्तुर बुझाएपछि लाइसेन्स खारेज भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले वशिष्ठ केबल नेट प्रालि, इन्फो नेट टेक्नोलोजी प्रालि, सिम्पल इन्टेलिजेन्ट सिस्टम एण्ड टेक्नोलोजी प्रालि, एशिया नेट कम्युनिकेशन प्रालि, फास्ट स्पिड लिंक नेटवर्क प्रालि, यस नेट नेपाल प्रालि र मिथिला डिजिटल नेपाल प्रालिको लाइसेन्स खारेज गरेको हो । 

यसका साथै प्राधिकरणले लाइसेन्स रद्द हुनुअघि सेवाप्रदायकले नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार तिर्न बाँकी रकमसमेत ३० दिनभित्र बुझाउन निर्देशन दिएको छ ।

Advertisment

थप समाचार