Below Menu
Below Menu

एक महिना भित्र कोपोमिस प्रणालीमा आवद्ध नहुने सहकारीको दर्ता खारेज हुने

एक महिना भित्र कोपोमिस प्रणालीमा आवद्ध नहुने सहकारीको दर्ता खारेज हुने

काठमाडौं : सहकारी तथा गरिबी सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा एक महिना भित्र आवद्ध हुन सहकारी विभागले निर्देशन दिएको छ ।

एक महिना भित्र अनिवार्य आवद्दताको लागि सूचना जारी गर्दै विभागले भनेको छ, ‘अन्यथा कानून बमोजिम दर्ता खारेजीसम्मको कारवाही गरिने व्यहोरा समेत यसै सूचना मार्फत सूचित गरिन्छ ।’

कोपोमिसमा अनिवार्य रुपमा आवद्द भई विवरण प्रविष्ट गर्नुपर्ने भनी सहकारी ऐन, २०७४ (संशोधन सहित, २०८०) को दफा ७३ को उपदफा १ (क) ले व्यवस्था गरेको छ । साथै नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा समेत महत्वका साथ उल्लेख भएको छ । 

विभागबाट पटक पटक निर्देशन हुँदा समेत सबै सहकारी संघसंस्थाहरुले हालसम्म पनि उक्त प्रणालीमा आवद्द भई विवरण प्रविष्ट गरेको नदेखिएकोले १ महिनाभित्र अनिवार्य रुपमा कोपोमिस प्रणालीमा आबद्द भई तोकिए बमोजिमको विवरण प्रविष्ट गर्न अनुरोध गरेको छ । 
 

Advertisment

थप समाचार