काठमाडौं : सरकारले चालु आर्थिक वर्षको एघार महिनामा अर्थात जेठ मसान्तसम्म शेयर बजारबाट पौने पाँच अर्ब रुपैयाँ पुँजीगत लाभकर उठाएको छ । लगानीकर्ताले साउनदेखि जेठ मसान्तसम्म सरकारलाई चार अर्ब ८५ करोड ७२ लाख ९३ हजार ४३६ रुपैयाँ बराबरको पुँजीगत लाभकर बुझाएका हुन् ।
यस अवधिमा संस्थागत लगानीकर्ता र स्टक डिलरले ५३ करोड ५६ लाख६७ हजार रुपैयाँ लाभकर तिरेको सिडिएसले जनाएको छ । त्यस्तै व्यक्तिगत अल्पकालीन कारोबारीले एक अर्ब २४ करोड ५२ लाख २ हजार रुपैयाँ र दीर्घकालीन लगानीकर्ताले तीन अर्ब ९२ लाख ८९ हजार रुपैयाँ लाभकर बुझाएका छन् ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार जेठ महिनामा मात्रै सरकारले पूँजीगत लाभकरबाट ७० करोड ४२ लाख ५२ हजार रुपैयाँ उठाएको छ ।
दीर्घकालीन तर्फ
त्यस्तै जेठमा व्यक्तिगत दीर्घकालीन कारोबारीले २३ करोड ३७ लाख रुपैयाँ लाभकर बुझाएका छन् । त्यस्तै बैशाखमा ११ करोड ४३ लाख, चैतमा ११ करोड १३ लाख रुपैयाँ, फागुनमा ११ करोड १३ लाख र माघमा १६ करोड ३१ लाख र पुसमा दीर्घकालीन लगानीकर्ताबाट १७ करोड २८ लाख ९९ हजार ८३५ रुपैयाँ संकलन भएको छ ।
त्यसैगरी सरकारले व्यक्तिगत दीर्घकालीन कारोबारीबाट मंसिरमा ९ करोड २४ लाख ३१ हजार ५८९ रुपैयाँ, कात्तिकमा २ करोड ६९ लाख १८ हजार रुपैयाँ, असोजमा ५ करोड ५१ लाख ६० हजार, भदौमा ५ करोड ६७ लाख ६२ हजार रुपैयाँ र साउनमा १० करोड १५ लाख ८५ हजार रुपैयाँ मात्र पुँजीगत लाभकर संकलन गरेको छ ।
अल्पकालीन तर्फ
यस्तै अल्पकालीन लगानीकर्ताले जेठमा ३८ करोड ५५ लाख रुपैयाँ लाभकर बुझाएका छन् । त्यस्तै बैशाखमा १८ करोड ४३ लाख र चैतमा २८ करोड ३७ लाख रुपैयाँ लाभकर बुझाएको सिडिएसको तथ्यांकमा उल्लेख छ ।
सिडियसका अनुसार फागुन अल्पकालिन लगानीकर्ताले १५ करोड १० लाख, माघमा ७४ करोड १३ लाख रुपैयाँ लाभकर तिरेका छन् भने पुसमा २२ करोड ४४ लाख ७२ हजार १८७ रुपैयाँ मंसिरमा १४ करोड १४ लाख ६४ हजार १२१ रुपैयाँ तिरेका थिए ।
यसैगरी कात्तिकमा ४ करोड ६० लाख ४१ हजार, असोजमा १४ करोड ९८ लाख ३३ हजार, भदौमा ७ करोड ६६ लाख ५ हजार र साउनमा २२ करोड ४७ लाख १२ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् ।
संस्थागत तर्फ
त्यसैगरी संस्थागत लगानीकर्ताबाट पनि सरकारले जेठमा ८ करोड ४९ लाख रुपैयाँ राजस्व उठाएको छ । त्यस्तै बैशाखमा ६ करोड ४० लाख, चैतमा ८ करोड ८३ लाख, फागुनमा ७ करोड ३० लाख रुपैयाँ राजस्व उठाएको छ ।
माघमा संस्थागत लगानीकर्ताले ६ करोड ७४ लाख, पुसमा ४ करोड ६५ लाख र मंसिरमा ७ करोड १४ लाख २९ हजार ७२ रुपैयाँ राजस्व तिरेको सीडीएसले जनाएको छ ।
संस्थागत लगानीकर्ताले कात्तिकमा १ करोड ११ लाख रुपैयाँ असोजमा एक करोड ४५ लाख ८५ हजार रुपैयाँ, भदौमा ६७ लाख रुपैयाँ र साउनमा सात करोड ४५ लाख ९४ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएको सिडिएसको तथ्यांकमा उल्लेछ ।
कुन महिनामा कति उठ्यो पुँजीगत लाभकर
सिडिएसका अनुसार सरकारले चालु आवको साउनमा शेयर बजारबाट ४० करोड ८ लाख ९१ हजार ७८६ रुपैयाँ पुँजीगत लाभकर उठाएको थियो भने लगानीकर्ताले भदौमा सरकारलाई १४ करोड ६९ हजार रुपैयाँ राजस्व तिरेका थिए ।
त्यस्तै लगानीकर्ताहरुले असोजमा २१ करोड ९५ लाख, कात्तिकमा ८ करोड ४१ लाख रुपैयाँ, मंसिरमा ३० करोड ५३ लाख रुपैयाँ, पुसमा ७४ करोड ३९ लाख रुपैयाँ, माघमा ९७ करोड २० लाख र फागुनमा ४४ करोड ९ लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् ।
सिडियसका अनुसार लगानीकर्ताहरुले चैतमा ४८ करोड ३४ लाख, बैशाखमा ३६ करोड २७ लाख र जेठमा ७० करोड ४२ लाख रुपैयाँ राजस्व बुझाएका छन् ।
शेयर खरिद बिक्रीमा पुँजीगत लाभकरको नयाँ व्यवस्था अनुसार सरकारले शेयर कारोबारमा अल्पकालीन लगानीकर्तालाई साढे सात प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई पाँच प्रतिशत पुँजीगत लाभकर उठाउँदै आएको छ ।
Advertisment