Below Menu
Below Menu

अपर हेवाखोला हाइड्रोपावरले डाक्यो साधारणसभा, के– के छन् एजेन्डा ? 

अपर हेवाखोला हाइड्रोपावरले डाक्यो साधारणसभा, के– के छन् एजेन्डा ? 

काठमाडौं : अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १२ औँ वार्षिक साधारण सभा बोलाएको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार २६ गते साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा तारकेश्वर पार्टी प्यालेस, गौशाला, काठमाडौंमा बिहान ११ बजे हुनेछ । 

यस अघि कम्पनीले चैत १६ गतेका लागि बोलाएको उक्त सभा विशेष कारणवश स्थगित गरेको थियो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

यसका ासथै सभाले उपयुक्त नयाँ जलविद्युत आयोजना परिचान गरी लगानी गर्ने वा अन्य कम्पनीद्वारा प्रवर्धित वा निर्माणधिन जलविद्युत आयोजनामा लगानी गर्ने विषयमा पनि आवश्यक निर्णय गर्नेछ ।

त्यसैगरी सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको पद रित्त रहेकाले उक्त पदमा बाँकी अवधिका लागि सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ । सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन समेत सभाले गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २४ गते एक दिनका बुक क्लोज गरिसकेको छ । जस अनुसार फागुन २३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।
 

Advertisment