काठमाडौं : हिमालयन बैंकले थप सार्वजनिक शेयर (एफपीओ) निष्कासन गर्ने भएको छ । बैंक र सिटिजन्स क्यापिटलबीच थप सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटलले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।
Advertisment