काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २७ हजार २४३ दशमलव ३३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीले सर्वासधारणले समेत खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयरको मूल्य प्रतिकित्ता प्रतिकित्ता १०५ रूपैयाँ तोकिएको छ । यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरेको शेयरमा आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
शेयर खरिद गर्न इच्छुक खरिदकर्ताहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आवेदन पेश गर्नुपर्नेछ ।
Advertisment