Below Menu
Below Menu

सेबोनको अध्यक्ष छनौट प्रक्रिया अन्योलमा, तीन भाइले गरे दोस्रो पटक अन्तर्वार्ता बहिस्कार

सेबोनको अध्यक्ष छनौट प्रक्रिया अन्योलमा, तीन भाइले गरे दोस्रो पटक अन्तर्वार्ता बहिस्कार

काठमाडौं : नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया अन्यौल बनेको छ । अध्यक्ष छनोटका लागि बुधबार बोलाइएको अन्तर्वार्तामा पनि तीन जना अनुपस्थित हुँदा चयन प्रक्रिया अन्योलमा परेको हो । 

बुधबार ९ बजे बोलाइएको अन्तर्वार्तामा सर्टलिष्टमा परेका ५ जनामध्ये ३ जनाले दोस्रो पटक पनि अन्तवार्ता बहिस्कार गरेको  राष्ट्रिय योजना आयोग स्रोतले बताएको छ । 

सर्ट लिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेञ्जका सीइओ कृष्णबहादुर कार्की र तत्कालिन बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अनुपस्थित भएका हुन् ।

सर्ट लिस्टमा परेका ५ जनाको आइतबार कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताको समय तोकिएको थियो । त्यस बखत सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका दिएका थिए ।

तीन जना अनुपस्थित भएपछि आज बुधबार पुन अन्तर्वाताका लागि बोलाइएको थियो । योसँगै बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया नै अब रद्द हुने सम्भावना देखिएको छ । 

अर्थ मन्त्रालय स्रोतकाअनुसार प्रक्रिया रद्द गर्ने बारे अहिले छलफल भइरहेको छ । अध्यक्ष सिफारिस समितिले कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने व्यवस्था छ । 

Advertisment

थप समाचार