Below Menu
Below Menu

एक्सल डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा

एक्सल डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा

काठमाडौं : एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा बोलाएको छ । बैंकको असार ६ गते बिहीबार बसेको संचालक समिती बैठकले असार २९ गते शनिबार सिद्धार्थ होटल, बिर्तामोड झापामा १८ औँ साधारणसभा बोलाउने निर्णय गरेको हो ।

बैंकको साभारणसभा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाब, अध्यक्षको बार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगाएता ऐजेन्डा पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले असार १७ गतेदेखि बुक क्लोज गर्ने भएको छ त्यसैले असार १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।

Advertisment

थप समाचार