काठमाडौं : अर्थसचिव मधु कुमार मरासिनीले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्दा आर्थिक गतिविधि चलायमान हुन नसकेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, 'समग्र बैकिङ क्षेत्रको खराब कर्जा बढेको छ। ऋण तिर्न आउनुहोस् भनेका विज्ञान बढेका छन्। यो देख्दा दुख लाग्छ।'
यसका साथै उनले आर्थिक मन्दीको कारण समग्र क्षेत्रमा असर परेको बताउँदै उनले बजारमा माग घटेको बताए। 'आर्थिक मन्दीले विगतमा कडा मौद्रिक नीति ल्याउनुपर्यो। मनी सप्लाइ गर्न नसकेपछि आर्थिक अवस्था तलमाथि भयो,' उनले भने।
अर्थतन्त्र सुधारको अवस्थामा रहेको बताउंदै उनले भने, 'हामी रिकभरिको पेजमा प्रवेश गरेका छौ। नकारात्मक हुनुपर्ने अवस्था छैन। सकारात्मक निर्माण गर्न आवश्यक छ, ुअर्थतन्त्र कन्फिडेन्स ले चल्ने विषय हो। सबै क्षेत्रबाट बिग्रियो, मासियो र सकियो भन्ने भाष्य चिर्नै आवश्यक छ, 'उनले थपे।
अर्थतन्त्रको बाह्य सुचकहरू सकारात्मक रहेको उनको भनाइ छ। रिजर्भ बढिरहेको छ। मौद्रिक नीति पनि रिभ्यु गरेका छौ। त्यसको रिजल्टको बढेको छ।
मौद्रिक नीतिको तेस्रो समिक्षा मा लिएको लचकताले घरजग्गाको कारोबार बढेको उनले बताए। यसका साथै पुँजी बजारमा पनि केही सुधिर भईरहेको उनले बताए।
बैंकहरूले पनि अन्य क्षेत्रको लोन बढाउनुपर्ने उनले बताए। उनले भने, 'बैंकहरुले आफुसंग भएको पुँजी लगानी गर्ने वातावरण बढेको छ । प्रणालीमा भएको ६ खर्ब रूपैयाँ लगानी होस्। बैंकिङ क्षेत्रले अलिकति लचकता लिएर आर्थिक गतिविधि बढाउन भुमिका खेल्नुपर्छ।'
Advertisment