Below Menu
Below Menu

निर्जीवन बीमा कम्पनीको व्यापार साढे ३६ अर्ब, कुनको कति ?

निर्जीवन बीमा कम्पनीको व्यापार साढे ३६ अर्ब, कुनको कति ?

काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा निर्जीवन बीमा कम्पनीहरुले साढे ३६ अर्बको व्यापार गरेका छन् । आर्थिक शिथिलताका बाबुजुद पनि बीमा कम्पनीको व्यापारमा उल्लेख्य वृद्धि भएको पाइएको हो । 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथयांक हेर्ने हो भने पनि एक महिनामा बीमा कम्पनीहरुले तीन अर्ब ८० करोड ३ लाख रुपैयाँले व्यवसाय बढाएका छन् ।

चालु आवको जेठ मसान्तसम्म हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले २७ लाख १३ हजार ७१ बीमालेख बिक्री गरी ३६ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

प्राधिकरणका अनुसार यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा दुई लाख ८५ हजार ७३२ बीमालेख बिक्री गरी ४ अर्ब ८९ करोड ६६ लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।

त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) रहेको छ । कम्पनीले यस अवधिमा दुई लाख ६२ हजार ६५४ बीमालेख बिक्री गरी चार अर्ब २९ करोड ३७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दुई लाख ७५ हजार ६०७ बीमालेख बिक्री गरी तीन अर्ब ६६ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी जेठ मसान्तसम्म नेको इन्स्योरेन्सले दुई अर्ब ८८ करोड ३७ लाख,  हिमालयन एभरेष्टले तीन अर्ब २३ करोड ५७ लाख रुपैयाँ, आईजीआई प्रुडेसिन्यलले तीन अर्ब २१ करोड ३३ लाख, युनाइटेड अजोडले दुई अर्ब ३८ करोड ७० लाख, एनएलजीले २ अर्ब २६ करोड ९ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले एक अर्ब ५६ करोड ४७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

त्यसैगरी यस अवधिमा दि ओरियन्टलले एक अर्ब ७५ करोड ५१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले दुई लाख ५ हजार ३४२ बीमालेख बिक्री गरी एक अर्ब ५३ करोड १४ लाख र नेशनल इन्स्योरेन्सले एक अर्ब १ करोड ९५ लाख रुपैयाँ बीमाशुल्क उठाएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी यस अवधिमा नेपाल इन्स्योरन्सले एक लाख ८५ हजार ९६४ बीमालेख बिक्री गरी एक अर्ब ४० करोड २२ लाख रुपैयाँको व्यापार गरेको छ भने सानिमा जिआईसीले दुई अर्ब २१ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।

लघुबीमाको व्यापार करिब २४ करोड

जेठ मसान्तसम्ममा निर्जीवन बीमा अन्तर्गतका चार लघुबीमा कम्पनीहरुले करिब २४ करोडको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले एक लाख ४ हजार २७९ बीमालेख जारी गरी २३ करोड ९१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।

यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले ८ करोड ८३ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ७ करोड ४९ लाख, स्टार माइक्रो इन्स्योरेन्सले पाँच करोड ३७ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले २ करोड २० लाख रुपैयाँ बराबरको व्यवसाय गरेकोे हो । 


 

Advertisment

थप समाचार