Below Menu
Below Menu

नागरिक लगानी कोषले लाभांश पारित गर्न बोलायो साधारण सभा

नागरिक लगानी कोषले लाभांश पारित गर्न बोलायो साधारण  सभा

काठमाडौं : नागरिक लगानी कोषले असार ३१ गते सोमबार वार्षिक साधारण सभा गर्ने भएको छ । असार ९ गते बसेको सञ्चालक समितिको बैठकले २९ औं वार्षिक साधारण सभा काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे बोलाएको हो ।

सभामा सञ्चालक समितिद्वारा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १४.७३६८ प्रतिशत लाभांश पारित गरिने छ ।

त्यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात,नाफा/नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

कोषले असार २० गतेलाई बुक क्लोज तय गरेको छ । असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी लिन पाउनेछन्।

Advertisment

थप समाचार