Below Menu
Below Menu

बैंक तथा वित्तीय संस्थाको खुद सम्पत्ति ८७ खर्ब माथि

बैंक तथा वित्तीय संस्थाको खुद सम्पत्ति ८७ खर्ब माथि

काठमाडौं : बैंक तथा वित्तीय संस्थाको खुद सम्पत्ति ८७ खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय संस्था सर्वेक्षण (आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासम्मको विवरणमा यस्तो देखिएको हो  । 

राष्ट्र बैंकका अनुसार वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति १७ खर्ब ३८ अर्ब ८४ करोड र आन्तरिक सम्पति ६९ खर्ब ४३ अर्ब ९ करोड रहेको रहेको छ ।

गत असार मसान्तसम्म १४ खर्ब ४७ अर्ब ६ करोड रहेको वैदेशिक सम्पत्ति ६.६ प्रतिशतले वृद्धि भई असोज मसान्तमा १५ खर्ब ४४ अर्ब ९९ करोड पुगेको छ भने पुस मसान्तमा १९.५ प्रतिशतले वृद्धि भई १७ खर्ब ३८ अर्ब ८४ करोड रुपैयाँ पुगेकाे छ ।

राष्ट्र बैंकका अनुसार वित्तीय क्षेत्रको आन्तरिक दावी असार मसान्तमा ६८ खर्ब ४० अर्ब ६८ करोड रहेकोमा ०.५ प्रतिशतले वृद्धि भई असोज मसान्तमा ६८ खर्ब ७४ अर्ब ४३ करोड पुगेको छ भने पुस मसान्तमा १.५ प्रतिशतले वृद्धि भई ६९ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ ।

यस अवधिमा वित्तीय क्षेत्रको नेपाल सरकारमाथिको खुद दावी भने घटेको छ । असार मसान्तमा १० खर्ब २४ अर्ब ९५ करोड रहेको खुद दावी ४.६ प्रतिशतले घट्न गई असोज मसान्तमा ९ खर्ब ७७ अर्ब ५४ करोड रहेको छ भने पुस मसान्तमा ८.३ प्रतिशतले घट्न गई ९ खर्ब ४० अर्ब ३४ करोड रहेको छ ।

त्यस्तै वित्तीय क्षेत्रको सार्वजनिक गैर–वित्तीय संस्थान माथिको दावी असार मसान्तमा ३६ अर्ब ७६ करोड रहेकोमा १६.४ प्रतिशतले घट्न गई असोज मसान्तमा ३० अर्ब ७४ करोड रहेको छ भने पुस मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई रु.३६ अर्ब ८३ करोड पुगेको छ । 

राष्ट्र बैंकका अनुसार यस अवधमिा निजी क्षेत्रमाथिको दावी असार मसान्तमा ५७ खर्ब ७८ अर्ब ९७ करोड रहेकोमा १.५ प्रतिशतले वृद्धि भई असोज मसान्तमा ५८ खर्ब ६६ अर्ब १५ करोड पुगेको छ भने पुस मसान्तमा ३.२ प्रतिशतले वृद्धि भई ५९ खर्ब ६५ अर्ब ९२ करोड रहेको छ ।

वित्तीय क्षेत्रको तरल दायित्व असार मसान्तमा ५३ खर्ब ६८ अर्ब ३५ करोड रहेकोमा ४.३ प्रतिशतले वृद्धि भई असोज मसान्तमा ५५ खर्ब ९८ अर्ब ९१ करोड पुगेको छ भने पुस मसान्तमा ७.१ प्रतिशतले वृद्धि भई ५७ खर्ब ४९ अर्ब ३६ करोड रहेको छ ।

वित्तीय क्षेत्रभन्दा बाहिर चलनचल्तीमा रहेको मुद्रा असार मसान्तमा ५ खर्ब १२ अर्ब ५१ करोड रहेकोमा ७.५ प्रतिशतले वृद्धि भई असोज मसान्तमा ५ खर्ब ५१ अर्ब ८ करोड पुगेको छ भने पुस मसान्तमा ३.६ प्रतिशतले वृद्धि भई ५ खर्ब ३० अर्ब ९९ करोड रहेको छ । 

असार मसान्तमा ४ खर्ब ११ अर्ब ३ करोड रहेको बैंक तथा वित्तीय संस्थाको निक्षेप दायित्व १२.१ प्रतिशतले घट्न गई असोज मसान्तमा ३ खर्ब ६१ अर्ब १२ करोड रहेकोछ भने पुस मसान्तमा ७.० प्रतिशतले घट्न गई ३ खर्ब ८२ अर्ब ३० करोड रहेका ेछ । 
 

Advertisment