Below Menu
Below Menu

निर्माण व्यवसायीको रकम भुक्तानी नहुँदा बैंकहरुको खराब कर्जा बढ्योः सुनिल केसी 

निर्माण व्यवसायीको रकम भुक्तानी नहुँदा बैंकहरुको खराब कर्जा बढ्योः सुनिल केसी 

काठमाडौं : नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीले बैंकहरुको वितरणयोग्य नाफा निकै घटेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोदै उनले  पछिल्लो तीन वर्षयता बैंकहरुको लगानीको प्रतिफल (आरओई) घटिरहेकाले यसबारेमा सोच्नुपर्ने बेला आएको बताए । 

बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि भौतिक आक्रमण हुन थालेको र कर्जा असूली गर्न अप्ठ्यारो भइरहेको उनको भनाइ छ । निर्माण क्षेत्रका ऋणीहरुको खराब कर्जा बढिरहेकाले सरकारले निर्माण व्यवसायीको भुक्तानी गर्नुपर्ने केसीले बताए ।

“बैंकहरुको कमजोरीका कारण खराब कर्जा बढेको होइन । समग्र अर्थतन्त्रमा आएको शिथिलताले बढेको हो । अहिले बैंकहरुको खराब कर्जा तीन दशमलव ९९ प्रतिशत हाराहारी छ । जुन दक्षिण एसियाली मुलुकहरुमा श्रीलङ्का र पाकिस्तानको तुलनामा निकै कम हो”, बैंकर्स सङ्घका अध्यक्ष केसीले भने, “बैंकहरू ग्रीन बण्ड ल्याउनतर्फ लागिरहेकाले राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत प्रोत्साहन र सहजीकरणको नीति लिनुपर्छ ।”

Advertisment