काठमाडौं : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले १९ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न पाउने गरी १९ लाख ४४ हजार ७ सय ४७ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
बैंकको उक्त शेयर खरिदको लागि संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी आफूले खरिद गर्ने कित्ता संख्या खुलाई बैंकको शेयर शाखा काठमाडौं लाजिम्पाटमा आवेदन पेश गर्न सक्नेछन् ।
तोकिएको समयमा संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
Advertisment