काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत साढे २९ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २९ अर्ब ६६ करोड ६५ लाख ५ हजार रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।
कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने, सात अर्ब ७५ करोड रुपैयाँ बराबरको ९१ दिने, पाँच अर्ब रुपैयाँ बराबरको १८२ दिने र आठ अर्ब ९१ करोड ६५ लाख ५ हजार रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।
कार्यालयका अनुसार २८ दिन अवधिको ट्रेजरी साउन २५ गते ९१ दिन अवधिको ट्रेजरी असोज १५ गते, १८२ दिन अवधिको ट्रेजरी पुस १६ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८२ असार १७ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।
यसअघि गत जेठ २७ गते कार्यालयले २९ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment