काठमाडौं : दुई वाणिज्य बैंकहरूले ३६ हजार कित्ता बढी शेयर बिक्रीमा ल्याएका छन् । एनएमबी र सिटिजन बैंकले ३६ हजार ३५६ दशमलव २३ कित्ता शेयर संस्थापक शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएका हुन् ।
एनएमबि बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको २२ हजार ७२७ कित्ता र सिटिजन्स बैंक इन्टरनेसनलले १३ हजार ६२९ दशमलव २३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका हुन् ।
यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि शेयर खुला गरिएको थियो । संस्थापकबाट उक्त शेयरमा आवेदन नपरेपछि बैंकहरुले सर्वसाधारणमा शेयर जारी गरेका हुन् ।
सिटिजन्स बैंकको शेयर खरीदका लागि बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । बैंकको शेयरमूल्य प्रतिकित्ता मूल्य १०३ रूपैयाँ तोकिएको छ ।
एनएमबि बैंकको शेयर खरीदका लागि असार २३ गतेभित्र कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
बैंकको शेयर मूल्य प्रतिकित्ता १२० रूपैयाँ तोकिएको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ ।
Advertisment