Below Menu
Below Menu

बैंकिङ प्रणालीबाट एकैदिन पाँच अर्ब कर्जा प्रवाह, सिडि रेसियो र अन्तर बैंकदर दुवै बढ्यो 

बैंकिङ प्रणालीबाट एकैदिन पाँच अर्ब कर्जा प्रवाह, सिडि रेसियो र अन्तर बैंकदर दुवै बढ्यो 

काठमाडौं : बैंकिङ प्रणालीबाट एकैदिन पाँच अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत बुधबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले सो बराबरको कर्जा लगानी गरेका हुन् । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा आठ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । 

बुधबार बैंक तथा वित्तीय संस्थाहरूको कर्जा एकै दिन पाँच अर्बले बढेर ५१ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात् असार १ज्ञ गते मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाले ५१ खर्ब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुले मात्रै चार अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने अन्य वित्तीय क्षेत्रबाट एक अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छछ । अघिल्लो दिनसम्म ४५ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा लगानी गरको बैंकहरुले वाणिज्य बैंकमा सो दिन चार अर्ब कर्जा बढाएर ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाका निक्षेप थपिदै गएको छ भने कर्जा लगानीमा सामान्य वृद्धि भएको हो । सो अवधिमा बैंकिङ प्रणालीमा पाँच अर्ब कर्जा प्रवाह हँुदा आठ अर्ब रुपौयँ निक्षेप थपिएको छ । यद्यपी कर्जा लगानीमा भने खास वृद्धि हुन भने सकेको छैन । 

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा यस अवधिमा ६३ खर्ब २ अर्ब रुपैयाँ निक्षेप रहेको छ । जसमध्ये वाणिज्य बैंकहरुमा ५५ खबर्रु ८१ अर्ब रहेको छ भने अन्य वित्तीय क्षेत्रमा ७ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ ।

यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर र सिडि रेसियो दुवै बढको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर ३ प्रतिशत रहेको छ भने सिडि रेसियो ७९.५१ बिन्दुमा रहेको छ ।
 

Advertisment

थप समाचार