Below Menu
Below Menu

तीव्र उतारचढावबीच दोहोरो अंकले सुधारियो शेयर बजार, बढ्न सकेन कारोबार 

तीव्र उतारचढावबीच दोहोरो अंकले सुधारियो शेयर बजार, बढ्न सकेन कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो  अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १४.८३ अंकले घटेर २०३७.०९ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १७६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेपनि कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा दुई अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा तीन अर्ब ६० करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १९ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा हिमालय उर्जा विकास कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । आज नेपाल फाइनान्स कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार