काठमाडौं : पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज सम्पर्कविहीन भएको भन्दै सामाजिक सञ्जालमा झुटो प्रचार गरेको पाइएको छ ।
तारा एयरले एक विज्ञप्ति जारी गर्दै ‘तारा एअरको पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्क विहिन’ भनी हल्ला गलत भएको जनाएको हो । बदनियतपूर्वक सामाजिक सञ्जालमा यस्तो हल्ला फैलाइएको तारा एअरले जनाएको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८१/०३/१७ (जुलाई ०१, २०२४) सोमबार केही अनलाइन पत्रिका तथा गलत मनसायको व्यक्तिले बदनियतपूर्वक सामाजिक सञ्जालमा करिब मिति को समयमा तारा एअरको पोखराबाट जोमसोमको लागि उडेको जहाज सम्पर्क विहीन भनी गलत समाचार तथा पोस्टहरू गरिएको पाइएकोले उक्त गलत र भ्रमपूर्ण समाचार सत्य नभएकोले कृपया यस्ता गलत र भ्रमपूर्ण समाचार पछि नलाग्न सम्पूर्ण सरोकारवालाहरुमा अनुरोध गरिन्छ ।’
