काठमाडौं : कामना विकास बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ । बैंकको असार १७ गते बसेको सञ्चालक समितिको बैठकले ३५ करोड रूपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने यस्तो निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष ०८०/८१ को आगामी वार्षिक साधारण सभा तथा नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएमा १०० रूपैयाँ दरका ३५ लाख इकाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको छ ।
बैंकले ९ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने गरी कुनै पनि सुरक्षण नराखी व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताहरूका लागि मात्र यो अग्राधिकार शेयर जारी गर्ने भएको हो ।

Advertisment