Below Menu
Below Menu

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : नागरिक लगानी कोष लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कोषले साधारणसभा तथा लाभांश प्रयोजनार्थ भोली (असार २०) बुक क्लोज गर्दैछ । आज असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी लिन पाउनेछन्।

कोषले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १४.७३६८ प्रतिशत लाभांश पारित गरिने छ ।

असार ९ गते बसेको सञ्चालक समितिको बैठकले २९ औं वार्षिक साधारण सभा असार ३१ गते सोमबार काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे गर्ने निर्णय गरेको थियो ।

सभाले लाभांशसहित सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात,नाफारनोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्नेछ । 

Advertisment

थप समाचार