Below Menu
Below Menu

तीव्र उचारचढावबीच नेप्सेमा झिनो अंकको सुधार, पाँच अर्ब नाघ्यो कारोबार 

तीव्र उचारचढावबीच नेप्सेमा झिनो अंकको सुधार, पाँच अर्ब नाघ्यो कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य  अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ४७.०४ अंकले बढेर २१००.४३ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १०१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा पाँच अर्ब ८ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब ५७ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज मञ्जुश्री फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २३ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सेन्ट्रल र आइसीएफसी फाइनान्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज चिरख्वा हाइड्रोपावर कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment

थप समाचार