Below Menu
Below Menu

राष्ट्र बैंकद्वारा बजार निर्माता र बिक्री एजेन्टहरुको लाइसेन्स खारेज 

राष्ट्र बैंकद्वारा बजार निर्माता र बिक्री एजेन्टहरुको लाइसेन्स खारेज 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बजार निर्माता र बिक्री एजेन्टहरुको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै सोको जानकारी दिएको हो ।

२०८१ असार १ गतेदेखि सरकारी ऋणपत्रहरुको निष्कासन, नविकरण, दोस्रो बजार कारोबार र भुक्तानी लगायतका कार्यहरु सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट भइरहेको छ ।

यसअघि जारी गरेका भएका सम्पूर्ण बजार निर्माता र बिक्री एजेन्टहरुको इजाजत खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ । 
 

Advertisment

थप समाचार