Below Menu
Below Menu

नागरिक लगानी कोष र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य समायोजन 

नागरिक लगानी कोष र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । बिहिबार नेप्सेले नागरिक लगानी कोष र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । 

नागरिक लगानी कोषले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेको हो भने हिमालयन उर्जाले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बुकक्लोज गरेसँगै अन्तिम कारोबारको आधारमा नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेका अनुसार नागरिक लगानी कोषको १४ प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य १ हजार ८७३ दशलमव ६८ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार २ हजार १३६ रुपैयाँमा भएको थियो।

त्यस्तै, यस दिन हिमालयन उर्जाको शतप्रतिशत हकप्रद शेयर समायोजन भएको छ। कम्पनीको शेयरमूल्य १८४ दशलमव ५० रुपैयाँमा समायोजना भएको छ । बुधबार २६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । 

नागरिक लगानी कोषको साधारणसभा असार ३१ गते, सोमबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

त्यस्तै, सभाले शेयरधनी तथा सञ्चालकहरुको तर्फबाट एक एक जना प्रतिनिधि नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

हिमालयन उर्जाले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको छ। शतप्रतिशत हकप्रद शेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ।

Advertisment

थप समाचार