काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले एक लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने गरी एक लाख ४ हजार ८८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिदको लागि लगानीकर्ताले आवश्यक कागजात संकलन गरी ३५ दिनभित्र आफुले खरिद गर्ने चाहेको शेयर कित्ता खुलाई बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने जनाएको छ ।
Advertisment