Below Menu
Below Menu

१५० प्रतिशत हकप्रद जारी गर्न आँखुखोला जलविद्युत कम्पनीले पायो बोर्डको अनुमति 

१५० प्रतिशत हकप्रद जारी गर्न आँखुखोला जलविद्युत कम्पनीले पायो बोर्डको अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आँखुखोला जलविद्युत कम्पनी लिमिटेडलाई हकप्रद जारी गर्न अनुमति दिएको छ । कम्पनीले असार १९ गते बोर्डबाट १५० प्रतिशत हकप्रद शेयर बिक्री गर्न अनुमति पाएको हो । 

कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १५० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति माग्दै गत आवको भदौ ५ गते बोर्डमा निवेदन दिएको थियो । बोर्डको अनुमति पाएसँगै कम्पनीले एक करोड २० लाख कित्ता शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ रहेको छ । 

हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रूपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Advertisment

थप समाचार