Below Menu
Below Menu

एघार महिनामा ९८ हजार बीमितले त्यागे करिब १२ अर्बका पोलिसी !

एघार महिनामा ९८ हजार बीमितले त्यागे करिब १२ अर्बका पोलिसी !

काठमाडौं : पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढेको छ । चालु आर्थिक वर्षको एघार महिनामा करिब १२ अर्ब रुपैयाँका पोलिसी सरेन्डर भएका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार जेठ मसान्तसम्म ११ अर्ब ९१ करोड ६५ लाख रुपैयाँ बराबरको ९८ हजार १३६ बीमालेख सरेन्डर भएका हुन् ।

आर्थिक मन्दीका कारण बीमा पोलिसी त्याग्नेहरुको संख्या बढेको बीमा कम्पनीको भनाई छ । यसका साथै अभिकर्ताहरुले बीमितको क्षमता भन्दा बढीको बीमा गराएका कारण प्रिमियम तिर्न नसकेर पोलिसी त्याग्ने गरेको बीमा विज्ञहरु बताउँछन् ।

नेपाल लाइफ सर्वाधिक पोलिसी सरेन्डर

यस अवधिमा सर्वाधिक पोलिसी सरेन्डर हुनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । चालु आवको जेठ मसान्तसम्म कम्पनीका २६ हजार ५३१ बीमितिले ४ अर्ब १६ करोड २१ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका हुन् ।

कुन कम्पनीका बीमितले कति त्यागे ?

प्राधिकरणका अनुसार यस अवधिमा राष्ट्रिय बीमा कम्पनीका ११ हजार ८९१ पोलिसी सरेन्डर भएका छन् । बीमितले एक करोड एक करोड ५२ लाख रुपैयाँ बराबरको उक्त संख्यामा पोलिसी त्यागेका हुन् ।

त्यस्तै, यस अवधिमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ८७ करोड १५ लाख रुपैयाँ बराबरको ६ हजार ३०७ बीमालेख सरेन्डर भएको छ । प्राधिकरणका अनुसार यस अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशनका २० हजार ७५९ बीमितले दुई अर्ब ७१ करोड ९४ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् । 

यस अवधिमा मेट लाइफको ३७ करोड ८५ लाख ४१ हजार रुपैयाँ बराबरको तीन हजार ७१७ बीमालेख, एशियन लाइफको ७३ करोड ४३ लाख रुपैयाँ बराबरको ८ हजार ७१९ बीमालेख, आईएमई लाइफको ११ करोड ८९ लाख रुपैयाँको एक हजार ३२९ बीमालेख सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

त्यसैगरी, सन नेपाल लाइफको ५ करोड ६८ लाख रुपैयाँ बराबरको ६०० बीमालेख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ४९ लाख रुपैयाँ बराबरको एक हजार ३८३ बीमालेख र सिटिजन लाइफको १३ करोड ३९ लाख  रुपैयाँ बराबरको दुई हजार २५८ बीमा पोलिसी सरेन्डर भएका छन् ।  

प्राधिकरणका अनुसार जेठ मसान्तसम्म सूर्यज्योति लाइफका चार हजार ८१७ बीमितले ६५ करोड ८ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् । सानिमा रिलायन्स लाइफको १८ करोड १३ लाख रुपैयाँ बराबरको २ हजार २५८ पोलिसी सरेन्डर भएको छ ।

त्यस्तै, यस अवधिमा हिमालयन लाइफको ६३ करोड १८ लाख रुपैयाँ बराबरको सात हजार ७५५ बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणले जनाएको छ । प्रभु महालक्ष्मी लाइफको १७ करोड ६४ लाख रुपैयाँ बराबरको एक हजार १०२ वटा बीमालेख सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

कुन महिनामा कतिले त्यागे पोलिसी ?

Advertisment

थप समाचार