Below Menu
Below Menu

मैलुङ खोला जलविद्युतको ‘लक इन’ अवधि साउन २६ गते सकिने, साढे २९ लाख कित्ता शेयर थपिदै

मैलुङ खोला जलविद्युतको ‘लक इन’ अवधि साउन २६ गते सकिने, साढे २९ लाख कित्ता शेयर थपिदै

काठमाडौं : मैलुङ खोला जलविद्युत कम्पानी लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) साउन २६ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

कम्पनीले २०७८ साउन २६ गते कम्पनीका संस्थापक शेयरधनी, सथनीय बासिन्दा र कर्मचारीहरुका लागि २९ लाख ५८ हजार ८४० कित्ता शेयर बाँडफाँट गरी तिन वर्षका लागि लकइनमा राखेको थियो । उक्त शेयरको लाकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ ।

कम्पनीले संस्थापक शेयरधनीहरुको २५ लाख ७७ हजार कित्ता, स्थानीय बासिन्दाका तीन लाख ६८ हजार १४४ कित्ता र कर्मचारीहरुलाई सुरक्षित गरिएको १४ हजार ७२६ कित्ता शेयर बाँडफाँट गरेको थियो । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

Advertisment

थप समाचार