Below Menu

मनकामना केवुलकारको स्तरोन्नतिः यस्ता छन् हाल गरिने मुख्य कार्यहरू 

मनकामना केवुलकारको स्तरोन्नतिः यस्ता छन् हाल गरिने मुख्य कार्यहरू 

संचालनको २५ वर्ष पूरा गरी २६ औं वर्षमा संचालन भइरहेको मनकामना केवुलकार नेपालको प्रथम तथा सर्वलोकप्रिय केवुलकार मानिन्छ । अष्ट्रियाको विश्वकै १ नं. कम्पनी डोपलमायरबाट आयातित मेशिनरीहरू बिना कुनै प्राविधिक समस्या अटुट  रूपमा २६ औं वर्षमा संचालनमा आइरहेको कुरा सर्वविदितै छ ।

Sponsored Advertisement

२६ वर्ष अगाडि जडित यो प्रविधिमा क्रमिक रूपले समय अनुरूप धेरै विकास भइसकेको र हाल निर्माता कम्पनीले समेत यसका पार्टपूर्जा आदि दिन निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै सुझावमा समय सापेक्ष अनुसार केवुलकारको स्तरोन्नति गर्न लागिएको  हो ।

यो एनालोगमा आधारित प्रविधि हो र यसमा जडित मेन मोटर डि.सी करेन्टबाट चल्दछ । हाल स्तरोन्नति हुने प्रविधि डिजिटल र नवीनतम् प्रविधि हो र यसलाई डोपलमायरको डि कनेक्ट सिस्टम भनिन्छ । यसमा सम्पूर्ण डिजिटल प्रविधिबाट चल्नुका साथै यसको मेन मोटर अब एसी करेन्टबाट चल्नेछ ।

पुरानो मोटर, कन्ट्रोृल सिस्टम प्यानलहरु सबै यसै प्रणालीमा आधारित हुने भएकोले सबै नै मुख्य मेशिनरीहरू सोही अनुसार फेरिने हुन्छ । त्यस्तै हाल दुई स्टेशन बीच जडित कप्युनिकेशन केबल समेत डिजिटल प्रविधि अनुरूप हुने भएकोले सो पनि फेरिने हुन्छ जस्को लम्बाई करीव ३२०० मिटरको हुनेछ ।

त्यस्तै ९मेन हाउलेज केबल० मेन केवल तार लठ्ठा पनि क्रमशः पुरानो भएकोले सो समेत यसै पटक रोकिएको अवधिमा फेरिने छ र त्यसको लम्बाई करीव ६५०० मिटरको हुनेछ ।

केवुलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने ग्रिपहरूको माध्यमबाट गोन्डोला तारमा झुन्डिने हुन्छ, सम्पूर्ण फेर्ने कार्य २ वर्ष अघि नै सम्पन्न गरिसकेका छौं ।

डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने सो कार्य गर्न लाग्ने समयको प्रारम्भिक अनुमान ५० दिन लाग्ने डोपलमायर प्राविधिकहरूको छ । तर मौसम आदि अन्य कुराको आधारमा अनुमानित  समय चाँडो पनि हुन सक्छ वा लम्बिन सक्ने समेत हुन सक्छ । यस विषयमा हामी आदरणीय यात्रुहरूलाई समयभित्रमा नै सूचित गर्नेछौं ।

हाल गरिने मुख्य कार्यहरूः
१) मेन लठ्ठा (मेन हाउलेज केबल) तार फेर्ने ।
२) कम्युनिकेशन तार फेर्ने ।
३) Thyrestor Panel तथा अपरेशन प्यानल फेरिने (डिजिटल कन्ट्रोल सिस्टम) ।
४) सम्पूर्ण वायरिङहरू फेरिने ।
५) ड्रीसी मेन मोटर फेरि एसी मेन मोटर ड्राइभ राखिने ।
६) ३ वटा टावर ओभर हाउलिङ गरिने ।
७) अन्य अत्यावश्यक कार्यहरू गरिने ।
८) जनशक्ति तालिम अन द जब ट्रििनङ गरिने ।

यस कार्य गरिंदा स्टेशन भवन, टावरहरु, बुल ह्यील  तथा बुल ह्यील  फ्रेम र गोन्डोला यथावत नै रहनेछ । तथापि २ वर्ष अगावै यसमा गर्नुपर्ने आवश्यक जाँच पडताल तथा अन्य टावरहरूको ओभर हाउलिङ डोपलमायरका प्राविधिकहरूले गरी मर्मत तथा फेरिनु पर्ने (मुख्यतया मेकानिकल सामान) कार्य गरिसकेको छ ।

डिजिटल प्रविधि अनुसार यसको संचालन छुट्टै सफ्टवेयरबाट कम्युटर प्रणालीबाट संचालनमा आउनुका साथै कतिपय प्राविधिक समस्या डोपलमायरबाट अष्ट्रियाबाट नै अनलाइन समाधान गर्न सकिने हुन्छ ।

स्तरोन्नति कार्यको लगानी करीव रू. ५० करोडको हुनेछ ।

केवुलकार तल्लो स्टेशनमा रहेको रेष्टुरेन्ट उक्त बन्द अवधिभर यथावत संचालन भई सेवा प्रदान गरिनेछ ।
 

थप समाचार