Below Menu
Below Menu

ट्रेजरीमार्फत साढे २१ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

ट्रेजरीमार्फत साढे २१ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत साढे २१ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २१ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।

कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने, आठ अर्ब रुपैयाँ बराबरको ९१ दिने, पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।  

कार्यालयका अनुसार २८ दिन अवधिको ट्रेजरी साउन २२ गते ९१ दिन अवधिको ट्रेजरी असोज १२ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८२ असार २४ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि गत असार १६ गते कार्यालयले २९ अर्ब ६६ करोड ६५ लाख ५ हजार रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो । 

Advertisment

थप समाचार