Below Menu
Below Menu

तेह्रथुम पावरको ‘लक इन’ अवधि साउन २७ गते सकिने, ३२ लाख कित्ता बढी शेयर थपिदै

तेह्रथुम पावरको ‘लक इन’ अवधि साउन २७ गते सकिने, ३२ लाख कित्ता बढी शेयर थपिदै

काठमाडौं : तेह्रथुम पावर कम्पनी लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) साउन २७ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

कम्पनीले २०७८ भदौ २५ गते कम्पनीका संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि ३२ लाख १६ हजार  कित्ता शेयर बाँडफाँट गरी तिन वर्षका लागि लकइनमा राखेको थियो । उक्त शेयरको लाकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ ।

कम्पनीले संस्थापक शेयरधनीहरुको २८ लाख कित्ता, स्थानीय बासिन्दाका चार लाख र कर्मचारीहरुलाई सुरक्षित गरिएको १६ हजार कित्ता शेयर बाँडफाँट गरेको थियो । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

Advertisment

थप समाचार